बैतडी समाजको आयोजनामा पाटनमा स्वास्थ्य शिविर सुरु
केशव विष्ट–बैतडी समाज कैलालीको आयोजनामा स्वास्थ्य शिबिर सुरु भएको छ। बैतडीको पाटन प्राथमिक स्वस्थ्य केन्द्रमा स्वास्थ्य शिविर सुरु भएको हो। स्वास्थ्य शिबिरमा विभिन्न स्वास्थ्य परिक्षणसंगै करिब १२ लाख बरबरको औषधि बितरण गरिने समाजले जनाएको छ। आजदेखि सुरु भएको शिबिर २३ गतेसम्म सञ्चालन हुने छ।
शिविरमा जनरल फिजिसियन डाक्टर चेतराज भट्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नबहादुर मौनी, स्त्रीरोग बिशेषज्ञ डाक्टर रबिन्द्र भट्ट, बालरोग विशेषज्ञ डाक्टर सुमन नेपाल लगायतको सहभागिता रहेको समाजले जनाएको छ। दन्तरोग बिशेषज्ञ हिमाल डेन्टल अस्पतालको डडेल्धुरा शाखाबाट र नेत्र रोग बिशेषज्ञ गेटा आखाँ अस्पतालको पाटन शाखाबाटै शिबिरमा सहभागी भएका छन्।
यसअघि शिविरको एक कार्यक्रमकाबिच प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले उद्धघाटन गरे। बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले समाजको बार्षिक कार्यक्रम अन्तरगत पहिलो बर्ष कैलालीमा दुई पटक रक्तदान र आँखा शिबिर आयोजना गरेको तथा बार्षिक कार्यक्रम अन्तरगत शिबिर आयोजना गरेको बताए।