बारामा मतगणना गर्ने तयारी
धनगढीः बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतपेटिका संकलन हुँदैछ।
आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत बारा २ को उपनिर्वाचनको मतपेटिका संकलपछि सर्वदलीय बैठक बस्ने भएको छ। त्यसपछि शिक्षा तालिम केन्द्रमा मतगणना सुरु हुने निर्वाचन अधिकृत सरोजकुमार चौधरीले बताए।
यस्तै चौधरीका अनुसार आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६५ प्रतिशत मत खसेको छ। ६८ हजार ८८७ मत खसेकोमा महिलाको संख्या ३१ हजार ८२३ र पुरुष मतदाताको संख्या ३७ हजार ६४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।