एमालेको सचिवालय बैठक बस्दै
काठमाडौंः प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ। एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ।
एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ। यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो। गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ।