सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई साथ दिन माओवादीका संगठनको प्रदर्शन 

२०८० वैशाख २९, ०९:३५ खबर संवाददाता

धनगढीः  नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरूले शुक्रबार सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदमलाई साथ दिँदै प्रदर्शन गरेको छ।Open photo

‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता र खबरदारी गरौं’ भन्ने नारासहित वाइसिएल नेपालसहितका जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।Open photo

प्रदर्शनमा सहभागीहरूले नागरिक बेच्न पाँइदैन, भ्रष्टाचार गर्न पाइँदैन, मानव तस्कर अन्त्य गर, टोपबहादुर रायमाझी खोईरु, म माओवादी भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न लगायतका प्लेकार्डहरू बोकेका थिए।
Open photo

कमेन्ट लोड गर्नुस