सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली भुटानी शरणार्थी प्रकरणमा वारेन्ट जारी भएका ४ जना फरार

२०८० वैशाख ३१, ०४:३७

धनगढीः  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पुर्जी (वारेन्ट) जारी भएका ४ जना प्रहरीको खोजी सूचीमा रहेका छन्।

प्रहरीले सो प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, पूर्वसभासद आङ्टावा शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ। यस्तै तत्कालीन गृहमन्त्री बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

तर, चारै जना अहिले फरार रहेपछि प्रहरीले सम्भावित स्थानमा खोजतलासलाई तीव्र बनाइरहेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको खबर सञ्चामाध्यममा आउँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा व्यस्त थिए। तर, उनी प्रहरीलाई छल्दै सभामुख देवराज घिमिरेसँग भैरहवासम्म आएपनि त्यहाँबाट फरार रहँदै आएका छन्।

उनी भारतमा लुकेको हुनसक्ने आशंकासहित प्रहरीको एक टोली यतिबेला भारत पुगेको छ। रायमाझी फरार भएको ११ दिन बितिसक्दा समेत पक्राउ पर्न सकेका छैनन्।

कमेन्ट लोड गर्नुस