सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एसले पनि मनायो बैतडीमा मदन–आश्रित स्मृति दिवस 

२०८० जेठ ३, ०३:५६ खबर संवाददाता

धनगढीः  बैतडीमा पनि  मदन–आश्रित स्मृति दिवस मनाइएको छ।

 नेकपा एकीकृत समाजबादी  बैतडीले जिल्लामा  विभिन्न कार्याक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाइएको हो। बैतडीमा पनि ३० औँ मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरि मनाएको  नेकपा एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टले बताए।

जिल्ला कमिटिको आयोजनामा बुधबार मदन–आश्रितको योगदानको स्मरण गर्दै तस्बिरमा माल्र्यापर्ण गरेर  स्मृति दिवस मनाइएको छ। जननेताकारुपमा परिचित मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको अवश्यकता रहेको कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए।

कमेन्ट लोड गर्नुस