सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटनामा 

२०८० जेठ ३, ०४:३० खबर संवाददाता

धनगढीः  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा परेका छन्।

बुधवार बिहान डोटीको गैराबजार नजिक गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका हुन्। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध ‘मेची–महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा ११ च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

महासचिव भट्टको ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उक्त गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा पनि सवार थिए।

महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बताइएको छ। गाडी नालीमा खसेर दुर्घटना भएको थियो। गाडी नालाबाट निकाली सकेको र भट्टको धनगढीमा उपचार भैरहेको प्रहरीले  जनाएको छ।

कमेन्ट लोड गर्नुस