सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपमा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

२०८० जेठ ५, ०९:२३ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस