प्रतिनिधि सभा सदस्य बलायर डोटी छोडेर कैलालीमा बसाई सरे
धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन्।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका हुन्। बलायर डोटीको शिखर नगरपालिका–८ बाट कैलालीको गोदावरी नगरपालिका–१० मा बसाई सरेका छन्। सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन।
डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली–४ बाट निर्वाचन लडेका थिए।