सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिउँसो ड्युटी भएका र धनगढीमै घर भएकाहरुलाई क्वाटर दिएपछि हंगामा (भिडियो रिर्पोट सहित)

२०७५ वैशाख १६, ०७:२३

सेती अञ्चल अस्पतालमा अहिलेको आवास व्यवस्थापन लथालिङग भएका बेला नयाँ बनेको आवास गृहमा समेत दिउँसो ड्युटी भएका र धनगढीमै घर भएकालाई आवासीय सुविधा दिईएपछि हंगामा मच्चिएको छ । हस्तान्तरण हुन वाँकी रहेको घरमा वस्नका लागि ४७ जना स्वास्थ्यकर्मीले निवेदन दिएकोमा त्यसवाट छानिएका १८ जनालाई आवास दिने सुचना अस्पताल प्रशासनले टाँसेको छ । तर आवास सुविधा दिनका लागि नाम छनोटमा राजनिति भएपछि हंगामा भएको हो । आफु नजिक र धनगढीमै घर भएकालाई आवास दिईएको पाईएको छ । आवासिय सुबिधा दिने बिषयमा सामाजिक विकास मन्त्री  दिर्घ सोडारी र अस्पताल विकास समितीको जुहारी चलेको थियो । नियम मिचेर दिईएको विषयमा छानविन गर्नका लागि ५ दिनको समय सीमा दिईएको छ । 

१८ जना परिवार वस्ने सुविधा सहित बनाईएको नयाँ ५ तले घरमा स्वास्थकर्मी वसाउन विभेद गरिएको आरोप स्वयम् स्वास्थ्यकर्मीहरुले लगाएका छन । सुरुमा आवासमा वस्नका लागि कर्मचारीहरुवाट निवेदन माग भएकोमा ४७ जनाको निवेदन परेकोमा १६ परिवारलाई छनोट गरिएको छ । तर त्यसमा पनि धनगढीमै घर भएका र कतिपय आफु नजिककालाई आवास दिने तयारी भएको छ । सुरुवातमा काम अनुसार र प्रक्रिया अनुसार नै आवास दिनेको नामावली वनाईएकोमा पछि त्यसलाई सामाजिक विकास मन्त्री दिर्घ सोडारी र अस्पताल विकास समितीका पदाधिकारीहरुले आफु नजिकका र आफ्नालाई राख्ने जुहारी चलेपछि कर्मचारीको नाम परिवर्तन गरेर राखिएको अस्पतालमा कार्यरत स्टार्फ नर्स क्रान्ति मुखीया साउँदको आरोप छ ।

३ करोडको लागतमा निमार्ण भएको सेती अञ्चल अस्पतालको नयाँ आवास गृहमा आवासीय सुविधाका लागि ४ वटा अधिकृत विशेषज्ञ र १२ जना नर्सिङ तथा प्यारामेडिकल कर्मचारीको नामावली प्रकाशन गरिएको छ । मेसु र एक जना चिकित्सका लागि दुई क्वाटर खाली राखेर डाक्टर सुरेन्द्र वस्नेत, डाक्टर होमप्रसाद पन्त, डाक्टर दिनेश शिवाकोटी र डाक्टर पदमप्रकाश शर्मालाई आवास दिने निर्णय गरिएको छ । त्यस्तै नर्सिङ तथा प्यारामेडिकल तर्फ शारदा विष्ट, कल्पना पुन, नरेश थारु, मञ्जु पौडेल, खेमराज जोशी, गीता विष्ट, सुरेश रमण पुरी, धुव्रराज ओझा, किरण पाण्डेय, गंगा राना, रत्न सिंह पाण्डेय र विष्णु रिजाललाई आवास दिने निर्णय गरिएको छ । तर यसमा पनि धनगढीमै आवास भएका र सामाजिक विकास मन्त्री र अस्पताल विकास समितीका पदाधिकारीहरुले आफु निकटकालाई आवास दिन दवाव दिएपछि यसमा निष्पक्ष रुपमा छनोट नभएको अस्पतालमै कार्यरत कर्मचारीहरु वताउँछन । पुरानो क्वाटरमा पनि धनगढीमा आफ्नो घर भाडामा लगाएर अस्पतालको आवास कव्जा गरिएकोमा नयाँ आवास गृहमा पनि त्यस्तै गर्न खोजिएको अस्पतालमै कार्यरत डाक्टर राज्य खड्काले वताईन्  । 

सेती अञ्चल अस्पतालले नयाँ आवास गृहमा आवासीय सुविधा क कसलाई दिने भन्ने निर्णय गर्न डाक्टर सुरेन्द्र बस्नेतको संयोजकत्वमा आवास व्यवस्थापन उप समिति गठन गरेको थियो । डा. शेरवहादुर कमर, मन्जु केसी, सुनिता खत्री, राधाकृष्ण चौधरी, टेकवहादुर साउँद र जगतवहादुर सिंह गरी ७ सदस्यीय उप समितीले आवासको लागि स्वास्थकर्मी छनोट गरेको हो । तोकिएको मापदण्ड अनुसार नै आवासको टुंगो लगाएको आवास व्यवस्थापन उप समितिका सदस्य राधाकृष्ण चौधरीले वताए । 

लामो समयदेखि आवासमा वस्नेको लागि निवेदन माग गरिएपछि परेका निवेदनहरुलाई छानविन गर्दा स्वास्थ्यकर्मीहरुको प्रारम्भीक खाका तयार पारिएको थियो । सार्वजनिक नगरिएको सो खाका तयारको प्रक्रियामै विवाद भएपछि सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । अस्पताल विकास समितीले उजुरीपछि मन्त्रालय र कार्यालयका प्रतिनिधिलाई राखेर स्वास्थ्यकर्मी छनोट गर्दा प्राथमिकतामा परेकाहरु हटेर आफु निकटकालाई आवास दिने निर्णय गरिएको स्रोतले जनाएको छ । तर समिती गठन गरेरै विभेद नहुने गरी स्वास्थ्यकर्मी छनोट गरिएको अस्पतालका मेसु डाक्टर सजन केसीको दावी छ । 
आवास दिने निर्णय गरिएकाहरुको धनगढीमा घर भए नभएको विषयमा उजुरी गर्न जारी सुचनामा भनिएको छ । आवासिय सुबिधाका लागि सिफारिस भएकाहरको धनगढीमा घर भएको भए स्वयम उजुरी दिनेले प्रमाण जुटाउनुपर्ने पनि जारी सूचनामा भनिएको छ । 

कमेन्ट लोड गर्नुस