सुदूरपश्चिम सरकारको निर्णयविपरीत जरिमाना असुल्दै यातायात कार्यालय
मङ्गलबार दिउँसो यातायात व्यवस्था कार्यालय कैलालीमा जनकराज विष्ट मोटरसाइकलको कर बुझाउन पुगे। उनले कर बुझाउने अवधि जेठ १६ गते अर्थात् निषेधाज्ञामै सकिएको थियो। ४ हजार ५ सय रूपैयाँ बुझाउनुपर्ने भएपनि उनको हातमा ४ हजार ७२५ रूपैयाँको रसिद थियो। उनीबाट २२५ रूपैयाँ जरिमाना यातायात कार्यालयले असुलेको हो।
कमेन्ट लोड गर्नुस