दार्चुला घटनाः प्रधानमन्त्री देउवालाई चार कम्युनिष्ट पार्टीले बुझाए ज्ञापन पत्र
दार्चुला तुइन प्रकरणको विरोध गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि राम कट्टेलको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। विज्ञप्तिमा साउन १५ गते महाकाली नदिको तुइन भारतीय सीमा सुरक्षा बलले खोलिदिएर जयसिंह महराको मृत्यु भएको ९ दिन बितेको बताउँदै सार्वभौम नेपाली जनताको विरुद्धमा घटना भएको उल्लेख गरेका छन्। उनीहरूले नेपाल सरकारले छिटो घटनाको छानवीन गरी अपराधमा संलग्न एसएसबीलाई हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग अनुरोध गर्न अपील गरेका छन्।
कमेन्ट लोड गर्नुस