कैलालीको गोदावरी नगरपालिका ऐनविपरीत अनुदान बाँड्दै
कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत गएर दुई वटा नाफामुलक संस्थालाई अनुदान वितरण गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ ले वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दिर्घकालीन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने उल्लेख छ। तर गोदावरी नगरपालिकाले भने ऐन विपरित नाफा कमाउने उद्देश्यले स्थापना भएका दुई वटा संस्थालाई अनुदान रकम वितरण गरेको हो।
कमेन्ट लोड गर्नुस