सुदूर पहाडका सडक ३ महिनादेखि अवरुद्ध, खाद्यान्नको संकट
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरा जोड्ने मुख्य सडक र बजार जोड्ने ग्रामीण सडक अवरुद्ध भएको ३ महिना पुग्यो। गत असार र साउनमा परेको अविरल वर्षका कारण अवरुद्ध भएका सडक सञ्चालनमा बेवास्ता भइरहेको छ। बाजुरा जोड्ने मुख्य साँफे–मार्तडी सडक अवरुद्ध भएको ३ महिना हुँदा पनि सञ्चालनका लागि पहल हुन सकेको छैन। सडकको अम्कोट खण्डमा पहिरो खसेको थियो।
कमेन्ट लोड गर्नुस