सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपमेयरका श्रीमानले दिए सम्पादक पनेरुलाई ज्यान मार्ने धम्की, कारबाहीको माग

न्यूज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बाजुराको बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता बिष्टका श्रीमान विपिन बिष्टले दिनेशखबरका सम्पादक नवराज पनेरुलाई ज्यान मार्ने धम्की दिएका छन्। महालेखा परीक्षणको प्रतिवेदन अनुसार बाजुराबाटै न्यूज कारखानामा लेखिएको समाचार मंगलबार प्रकाशित गरेकै आधारमा विष्टले अश्लिल गाली गर्दै सम्पादक पनेरुलाई ज्यान मार्नेसम्मको धम्की दिएका हुन्। उनले आफ्नो श्रीमतीको विषयमा आएको समाचारमा कुनै त्रुटी नभएकाे 'तर पनि किन लेखेकाे' भन्दै ज्यान मार्ने धम्की दिएका हुन्। मंगलबार राति ८ बजेर ५१ मिनेटमा फोन गरेका बिष्टले अश्लिल गाली पनि गरेका हुन्।

कमेन्ट लोड गर्नुस