भारतमै लुटिन थाले त्रिनगर नाका भएर स्वदेश फर्किने नेपाली
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय सुरज धामी धनगढी बसपार्कमा रोइरहेका भेटिए। एक वर्ष पुरै भारतको हिमाञ्चल प्रदेशको सिमलामा मजदुरी गरेर घर फर्किदा नेपालीबाटै लुटिएको गुनासो गर्दै थिए उनी। स्वदेश फर्किदा धामीसहित ९ जनाको समूह लुटिएको हो। सिमलामा उनीहरुलाई लुट्ने भारतीय नभएर नेपाली नै थिए। एचपी रोयल पशुपति एण्ड ट्राभल्सका सञ्चालकले १ हजार ५ सय भाडा लाग्ने भए पनि २ हजार ५ सय भारतीय रुपैयाँ असुलेर ९ सिटको भाडा लिएको तर ७ सिट मात्रै उपलब्ध गराएको उनीहरुको गुनासो छ। एक दिनको बाटोमा ३ दिन लगाएर पलियाभन्दा १४ किलोमिटर अगाडि नै झारेर आफूहरुलाई बाटोमा अलपत्र पारेको धामीले बताए।
कमेन्ट लोड गर्नुस