अझै सुधार भएन अत्तरिया चोकको अवस्था
सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरिया चोकको कालोपत्रेसहितको मर्मतको काम गत असारमै सम्पन्न हुनुपर्ने हो। निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको सम्झौताअनुसार असारमा काम सम्पन्न हुनुपर्ने भए पनि अहिलेसम्म पूरा भएको छैन। तीन वर्षदेखि अस्तव्यस्त अत्तरिया चोकको स्तरोन्नतिका लागि २०७७ चैतमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक करोड ६६ लाखको बोलपत्र आह्वान गरेको थियो।
कमेन्ट लोड गर्नुस