सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पतालमा सुत्केरी मृत्युः पीडितलाई न्यायको ढोकासम्म पुग्नै सकस, मिलापत्र गर्न बाध्य

सुदूरपश्चिममा सुरक्षित प्रसूति सेवा दिने मातृशिशु कार्यक्रम लागु भएका अस्पतालमा मात्रै ९ जना सुत्केरीको एक वर्षमा ज्यान गएको छ। चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण नै सुत्केरीले मृत्युवरण गर्नुपर्ने बाध्यता सिर्जना भएको आरोप परिवारले लागाउँदै आएका छन्। तर प्रदेशमा एक वर्ष यता ९ जनाले ज्यान गुमाउँदा पनि पीडित परिवार कानूनी प्रक्रियामा गएका छैनन्। झन्झटिलाे कानूनी प्रक्रियाका कारण पीडित परिवार न्यायको ढोकासम्म पुग्न नसकेका हुन्। कानूनी प्रक्रिया लामो भएकै कारण पीडित परिवार अस्पताल प्रशासनसँग मिलापत्र गर्न बाध्य छन्।

कमेन्ट लोड गर्नुस