कैलालीमा उपभोक्ता पाउँदैनन् सालको काठ, व्यवसायी मालामाल
कैलालीमा सामुदायिक वनका उपभोक्ताहरुले काठ नपाएको गुनासो गरेका छन्। जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममार्फत कटान भएको ३१ लाख ९१ हजार ९ सय ७५ क्यूफिट काठ बिक्री वितरणको चरणमा छ। सामुदायिक वनहरुको पहिलो प्राथामिकतामा उपभोक्ता हुनुपर्ने हो। तर जिल्लाका सामुदायिक वनहरुको प्रमुख प्राथामिकतामा काठ व्यवसायी पर्ने गरेका गुनासो उपभोक्ताको छ।
कमेन्ट लोड गर्नुस