सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गुणस्तर परीक्षणबिना नै पुल र सडकको ठेक्का, नियमविपरीत ६० करोड बढी भुक्तानी

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत गठित पूर्वाधार विकास कार्यालयहरुले सार्वजनिक खरिद नियमावली विपरीत गएर निर्माण सामग्रीको गुणस्तर परीक्षण नगराएरै करोडौँ रुपैयाँ भुक्तानी गरेको देखिएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम १११ मा सम्झौता तथा स्पेशिफिकेसन बमोजिम निर्माण कार्यको गुणस्तर व्यवस्थापन तथा गुणस्तर परिक्षण गर्नुपर्ने व्यवस्था छ। तर पूर्वाधार कार्यालय बैतडी, कैलाली, डडेल्धुरा र अछामले भने गुणस्तर परीक्षणबिना नै निर्माण कार्यमा ४० करोड १४ लाख ४१ हजार खर्च गरेको पाइएको छ।

कमेन्ट लोड गर्नुस