गेटामा ‘मेडिकल विश्वविद्यालय’ सञ्चालन भए के हुन्छ ?
कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजको प्रारुपबारे चर्चा चुलिएको छ। गेटा मेडिकल कलेज सञ्चालनबारे ठोस सुझाव दिन गठन गरिएको उच्चस्तरीय समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि मोडालिटी अर्थात् प्रारुपबारे चर्चा झनै बढेको हो। संघीय स्वास्थ्य मन्त्रालयले मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका डा. चेतराज पन्तको नेतृत्वमा गठन गरेको विज्ञ टोलीले प्रतिवेदन बुझाएको हो।
कमेन्ट लोड गर्नुस