कैलालीमा भन्सार र बैंकको बदमासीः साढे ४७ लाख बुझाएका व्यवसायीको रकममा अर्कैको सामान पास
२०७८ असोज १ गते काठमाडौंका व्यवसायी राजीव शाहले कैलाली भन्सार हुँदै भारतबाट सवा एक करोडको मिठाई, पास्ता र सुप आयात गरेबाफत ४७ लाख ३० हजार राजस्व भन्सारको राष्ट्रिय वाणिज्य बैंक धनगढीमा रहेको खातामा जम्मा गरे। उनले एभरेष्ट बैंकको चेक राजस्वबाफत वाणिज्य बैंकमा जम्मा गरेको भएपनि उक्त राजस्व रकममा अर्कै व्यवसायीको सामान पास भएको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेका काठमाडौँका व्यवसायी शाहको रकममा अर्कै व्यापारीको सामान पास गरेको खुलासा भएको हो।
कमेन्ट लोड गर्नुस