दसैं मनाउन स्वदेश फर्कने नेपाली दोहोरो फन्दामा, सीमामा झन सास्ती
मंगलबार विहान त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा भारतबाट फर्किएका नेपालीसँगै अटो रिक्सा चालकको दशगजा क्षेत्रमा बाक्लो उपस्थिति थियो। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीलाई ट्राभल्स एजेन्सीले नाकामा अलपत्र छाडेपछि आवतजावत गर्नै मुस्किल हुने गरी भीड थियो। सोही भिडमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गज्जु क्षेत्री पनि थिए।
कमेन्ट लोड गर्नुस