धनगढीमा कालोपत्रे पूरा नगर्दै सडक पास
धनगढीमा संघीय सरकारले निर्माण गरेका कालोपत्रे सडकका योजना पूरा नगरेरै पास गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत कार्यान्वयन भएका योजना अधुरोमै पास गरिएको हो। संघीय सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकको बीच भागमा रुख छन्। रुख भएका क्षेत्रमा सडक कालोपत्रेको काम गरिएको छैन। तर पनि सडक योजनाहरु पास भएका छन्।
कमेन्ट लोड गर्नुस