धनगढीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु: कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा विजयी
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आज एक भव्य समारोहकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्। प्रतियोगिता अन्तरगत पहिलो दिन भएका ४ खेलमा कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराले विजयी सुरुवात गरेका छन्। आज भएको उद्घाटन खेलमा कञ्चनपुरले अछामलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।
कमेन्ट लोड गर्नुस