सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी पूजाले २५ लाखको लगानीमा सुरु गरिन् लेडिज र जेन्स सैलुन

धनगढीकी पूजा कुँवर थापाले श्री हेयर एण्ड ब्यूटी फ्याम्ली सैलुन सञ्चालनमा ल्याएकी छन्। उनले धनगढीको ट्राफिक चौराहमा लेडिज र जेन्सका लागि सुविधा सम्पन्न हेयर एण्ड ब्यूटी सैलुन सेन्टर सञ्चालनमा ल्याएकी हुन्। लामो समयदेखि पार्लर व्यवसाय गर्दै आएकी उनले नयाँ बिचारका साथ नयाँ व्यवसाय सुरु गरेको बताएकी छिन्। ब्यूटी पार्लरको यवसाय गर्दै आएकी उनले अहिले लेडिज र जेन्सका लागि सैलुन व्यवसाय सुरु बताइन्। ‘महिला भएको ठाउँमा जेन्स अप्ठ्यारो मान्ने, पुरुष भएको ठाउँमा महिलाहरु अप्ठ्यारो मान्ने हुँदा महिला पुरुष दुवका लागि यो सैलुन सञ्चालनमा ल्याएकी हुँ’ उनले भनिन्।

कमेन्ट लोड गर्नुस