बसपार्क जस्तै बन्यो धनगढीको ६ लेन, ट्राफिक प्रहरी रमिते
नगढी उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा रहेको नेपाल आयल निगमको प्रादेशिक डिपो अगाडि ट्याङ्कर पार्किङ हुनु नौलो विषय होइन। विगत लामो समयदेखि उक्त क्षेत्रमा तीन दर्जन भन्दा बढी ट्याङकर दैनिक पार्किङ गरी राखिएका हुन्छन्। सोही ट्याङ्करको आडमा ६ लेन सडकमै अन्य गाडीहरु समेत पार्किङ हुँदै आएका छन्। लहरै हुने पार्किङले गर्दा ६ लेन सडकमा समेत जाम हुने गरेको छ। आइतबार दिउँसो साढे एक बजे आयल निगमको डिपो भित्र ट्याङ्कर हाल्न खोज्दा १५ मिनेट भन्दा बढी जाम भएको थियो। आसपासमा अन्य सवारीसमेत पार्किङ गरिएका कारण उक्त क्षेत्रमा जाम भएको हो।
कमेन्ट लोड गर्नुस