धनगढीमा नयाँ उद्योग खोल्न विद्युत प्राधिकरण बाधक, लाखौं घुस मागेको आरोप
विभिन्न व्यापार, व्यवसाय तथा उद्योग सञ्चालन गरेर २५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल धनगढीका धर्मराज जोशीको समूह नयाँ उद्योग सञ्चालन गर्ने अन्तिम तयारीमा छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मा सञ्चालन हुने उनको उल्का गार्मेन्ट नामक उद्योगले स्वदेशी तयारी पोशाक उत्पादन गर्ने योजना बनाएको छ। सुदूरपश्चिममा पहिलो पटक ‘वासप्लाट’बाट जिन्स पाइन्ट उत्पादन गर्ने उक्त उद्योग सञ्चालनमा भने ढिलाइ भइरहेको छ।
कमेन्ट लोड गर्नुस