कैलाली–कञ्चनपुरमा जग्गा अधियाँ लिएर खेती गर्ने किसान मर्कामा, धान उम्रिएपछि बिल्लबाठ
शनिबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की लक्ष्मी चौधरी दुधे बालक पिठ्युँमा बोेकेर खेतमा डुबेको धान सडकमा सुकाइरहेकी थिइन्। पानीमै उम्रेको धान बटुलेर आफ्नो परिवारका अन्य सदस्यसहित धान सुख्खा ठाउँमा सुकाइरहेकी उनी चिन्तित देखिन्थिन्। जग्गा अधियाँ लिएर उनले २ बिघामा धान रोपेकोमा वर्षाले सखाप पारेपछि उनलाई के खाने भन्ने चिन्ता छ। ‘खेती गर्दा ५० हजार जति रकम खर्च गरेर धान रोप्यौँ। खेत जोत्ने, रोप्ने, मल लगायतमा ६० हजार बढी खर्च लाग्यो। सोच्यो भने धेरै चिन्ता हुन्छ’, उनले भावुक हुँदै भनिन्, ‘बाँडेर आधा अन्न जग्गा धनीले लग्छ, आधा राख्छौँ। त्यसैबाट खाने र त्यसैबाट अलिअलि गरि बेचेर खर्च जुटाउँछौ।’
कमेन्ट लोड गर्नुस