कैलालीमा हुलाकी सडक ४ लेनमा स्तरोन्नति गर्ने कार्य ठप्प
कैलालीको ६९ किलोमिटर हुलाकी सडक स्तरवृद्धिका लागि गत वर्षको माघ २ गते ठेक्का सम्झौता भएको थियो। धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा सडक ४ लेनमा विस्तार गर्ने योजना पनि थियो। केही क्षेत्रमा सडकको नाली निर्माणको काम जारी रहेपनि अधिकांश क्षेत्रमा काम बन्द गरिएको छ। हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी पदम मडैले बर्सातका कारण काम न्यून भएको बताए। दसैँ तिहारका कारण सबै क्षेत्रमा काम नभएको उनले बताए।
कमेन्ट लोड गर्नुस