सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रम तथा रोजगार कार्यालय धनगढी बाहिर सेवाका नाममा लुट

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का राजेन्द्र साउँद यसै मंगलबार श्रम स्वीकृतिका लागि धनगढी आए। रोजगार दाताले श्रम स्वीकृतिका लागि माग फार्म नपठाएपछि उनी धनगढीमै बसे। बुधबार पुनः श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार कार्यालय धनगढी पुगेका उनलाई अनलाइन फारम भर्न लगाइयो। श्रम कार्यालय धनगढी बाहिर रहेको फर्ममा उनले अनलाइन फारम भरे। उनले कर, बीमा र सेवा शुल्कसहितबापत ६ हजार ३ सय तिरे। ‘कर र बीमाको ६ हजार ३ सय लियो। तर कुनको कति हो भनिएको छैन। सेवा शुल्क कति लियो मलाई थाहा भएन,’ उनले दिनेशखबरसँग भने। श्रम तथा रोजगार कार्यालय धनगढी बाहिर सेवाका नाममा लुट मच्चाइएको गुनासो उनले गरे।

कमेन्ट लोड गर्नुस