एक दिन पूजिने गाई वर्षभरी कैलाली–कञ्चनपुरका सडकमा
यमपञ्चकको चौथो दिन शुक्रबार सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित देशभर धुमधामका साथ मिठा–मिठा परिकार दिँदै गाईगोरुको पूजाआजा गरिएको छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले गाईलाई गौमाताका रुपमा पूजिँदै आएको छ। तर पछिल्लो समय गाईलाई दुध दिने बेलासम्म पाल्ने, त्यसपछि छोडिदिने प्रवृत्ति बढ्दै गएको छ।
कमेन्ट लोड गर्नुस