कैलाली कारागारमा भाइटिका लगाउनेहरुको दिनभर घुइँचो
शनिबार कैलाली कारागारमा दिनभर कैदीबन्दीहरुलाई भाइटिका लगाउनेहरुको भिड थियो। जिल्ला कारागारमा रहेका कैदीहरुलाई भाइटिका लगाउन दिदीबहिनीहरु पुगेका थिए। टीका लगाउन कारागार पुगेका आफन्त गेट बाहिर लाइनमा उभिएका थिए। कारागारमा भएपनि भेटघाट गर्न पाउँदा र टीका लगाउन पाउँदा मनमा उत्साह छाएको एक कैदीकी आफन्त रुपा चौधरीले बताइन। उनने यसपालिको तिहार गत वर्षको भन्दा रमाइलो भएको बताइन्।
कमेन्ट लोड गर्नुस