दसैँतिहारमा मात्रै कैलाली–कञ्चनपुरबाट १४४ जुवाडे पक्राउ, साढे १७ लाख बरामद
नेपाल प्रहरीले कैलाली–कञ्चनपुरबाट दसैंतिहारको समयमा मात्रै एक सय ४४ जना जुवाडे पक्राउ गरेको छ। जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले साढे १७ लाख बढी रकम समेत बरामद गरेको बताएको छ। कैलाली प्रहरीले तिहारको समयमा जुवातास खेल्ने र खेलाउने ४९ जनालाई पक्राउ गरेको छ।
कमेन्ट लोड गर्नुस