कैलालीका बडुवाल हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ
कैलालीमा चक्कु प्रहार गरेर लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले दिनेशखबरलाई बताए। उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ७ जना भने फरार छन्।
कमेन्ट लोड गर्नुस