यातायात व्यवस्था कार्यालय धनगढीमा राजश्व बुझाउनै मुस्किल
कैलालीको टीकापुरका धनबहादुर चौधरी आइतबार बिहानै यातायात व्यवस्था कार्यालय धनगढी पुगे। बिहान साढे ११ बजेबाट मोटरसाइकल नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा रहेको बैँकको काउण्टरमा लाइन लागेका उनले दिउँसोसम्म भौचर पाएनन्। बैँकका कर्मचारीले धेरै समय लगाउँदै आएको उनको गुनासो छ। उनले भने, ‘यातायात कार्यालयका कर्मचारी कम भएकाले होला काम ढिलो हुन्छ। कर्मचारी थपिएका भए काम चाँडो हुने थियो होला।’
कमेन्ट लोड गर्नुस