कानुन व्यवसायीको धर्नाका कारण कैलाली अदालतको कामकाज प्रभावित
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै जिल्ला बार एसोसिएशन कैलालीले पनि अदालतमा धर्ना दिइरहेको छ। आइतबारदेखि ३ दिनसम्म नियमित रुपमा जिल्ला अदालत कैलालीमा धर्ना दिने कार्यक्रम तय गरिएको छ। केन्द्रीय कार्यक्रम अनुसार नेपाल बार एसोसिएशन कैलालीले पनि जिल्ला अदालत कैलालीमा कानुन व्यवसायीहरुले धर्ना दिएको अध्यक्ष सिद्धराज ओझाले बताए।
कमेन्ट लोड गर्नुस