धनगढीमा यातायात प्रालिको दादागिरी, टिकट काटेका यात्रु अलपत्र
धनगढीमा एक यातायात प्रालिले टिकट काटेका यात्रुलाई अलपत्र पारिदिएको छ। शिवपुरी लक्जरी कोच प्रालिको टिकट काटेका यात्रु अलपत्र परेका हुन्। आइतबार धनगढीबाट काठमाडौं जानका लागि टिकट काटेका १५ भन्दा बढी यात्रु धनगढी बसपार्कमा अलपत्र परेको किसन भट्टले बताए। ‘३ बजेका लागि एसी गाडीको टिकट काटिएको थियो,’ अलपत्र परेका यात्रु भट्टले दिनेशखबरसँग भने, ‘साँझको ६ बज्दा पनि गाडी छैन। अब हामीले कता जाने ? के खाने ?’
कमेन्ट लोड गर्नुस