सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्। तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको हो।

कमेन्ट लोड गर्नुस