धनगढीमा प्लास्टिक प्रतिबन्ध गर्ने घोषणा कागजमै सिमित
धनगढी उपमहानगरपालिकाले दुई वर्ष अगाडि नै प्लास्टिक प्रतिबन्ध गर्ने घोषणासहित नीतिगत निर्णय गरेको थियो। त्रिनगर कृषि उपज हाट बजारबाट अभियानकै रुपमा प्लास्टिक प्रतिबन्ध गर्ने कार्यक्रमको सुरुवात समेत गरेको उपमहानगरपालिका अहिले भने आफ्नो निर्णयबाट पछि हटेको छ। प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढीमा प्रदूषण फैलिएको सुरज चन्दले बताए। ‘नगरपालिका आफैले गरेको निर्णय कार्यान्वयन गर्न असफल भएको छ। जनप्रतिनिधिकै उदासिनताका कारण यो समस्या देखिएको हो’ उनले भने।
कमेन्ट लोड गर्नुस