धनगढीको एक पसलमा दिनदहाडै चोरी, चोर्ने महिला क्यामेरामा कैद
धनगढीको एक पसलमा दिउँसै चोरी भएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा रहेको दिदीबहिनी कलेक्सनबाट एक महिलाले चोरी गरेको सञ्चालकले बताएकी छिन्। यहि मंसिर १ गते अपरान्ह ३ बजेतिर आफ्नो फेन्सी पसलबाट एक लाख नगदसहित केही महत्त्वपूर्ण कागजात चोरी भएको सञ्चालक समीक्षा बमले बताइन्। एक महिलाले रकम राखेको ब्याग नै चोरेर फरार भएको उनले बताइन्।
कमेन्ट लोड गर्नुस