सेती अस्पतालको इमर्जेन्सी भवन निर्माणका लागि आएको १६ करोड उपयोगविहीन
सुदूरपश्चिम प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पताल धनगढीमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर दरबन्दीअनुसार चिकित्सकको आपूर्ति भने अझै हुन सकेको छैन। अस्पतालको विरामी बेड क्षमता १२५ मात्रै हो। तर विरामीको चापको आधारमा तत्काल ५ सय बेडको आवश्यकता देखिएको छ। विभिन्न रोगबाट पीडित विरामीले अस्पताल परिसर नै भरिभराउ हुने गरेको छ। तर अस्पताल भने मात्रै ६१ जना स्वास्थ्यकर्मीको भरमा सञ्चालित छ।
कमेन्ट लोड गर्नुस