सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याङकरका लागि पार्किङस्थल तयार, याे हप्ताभित्र ६ लेन खाली हुने दाबी

नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले एक लाख ५० हजार मासिक भाडा तिर्ने गरी खाद्य कम्पनीको जग्गा भाडामा लिएको थियो। त्यहाँ भौतिक संरचना निर्माणमा ढिलाइ भएको भन्दै ट्याङकर सडकमै पार्किङ भइरहेका छन्। तर नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामकुमार न्यौपानेले भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। उनले भने, ‘विद्युत जडान र शौचालय निर्माणको काम पूरा नभएकाले ट्याङ्कर राखेका थिएनौ। निर्माणको काम पूरा भएको छ। त्यो ठाउँमा सबै ट्याङ्करका लागि ठाउँ हुने होइन। अगाडिको भाग पनि पुर्नुछ।’

कमेन्ट लोड गर्नुस