सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्सा सञ्चालनमा लगाइएको जोरबिजोर

शनिबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकील सिँह मोहनापुल–अत्तरिया ६ लेन सडकको ट्राफिक व्यवस्थापनमा खटिएका थिए। मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने पार्किङ, लेन उल्लङ्घन तथा अटो रिक्साको जोरबिजोर प्रणालीको बारेमा सवारी चालकलाई परामर्श दिँदै थिए। सोही समयमा हरिसिँह ऐरले लेन अनुशासन मिचेर अटो दौडाए। ट्राफिक प्रहरीको समूहले उनको अटो रोक्यो र चाबी माग्यो। तर उनले दिएनन्। त्यसपछि ट्राफिक प्रहरीले ह्विल लक गर्‍यो। प्रहरी निरीक्षक सिँहले उनलाई सम्झाए। लेन अनुशासनको बारेमा जानकारी दिए। ऐरले अर्को पटक गल्ती नहुने बताए। कारबाही भएपछि अटो छोडियो।

कमेन्ट लोड गर्नुस