सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्साको जोरबिजोरमा कडाइ गरिने, दर्ता बन्द गर्न चालकको माग

धनगढीको मुख्य सडक साँघुरो छ। त्यसैमाथि हजारौं अटो रिक्सा तथा अन्य सवारी साधनको चापका कारण बजारमा पटकपटक ट्राफिक जाम हुने समस्या छ। बजारको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गरेको छ तर रिक्सा चालकहरुले भने विरोध गरेका छन्। रिक्सा चालकहरुले यातायात कार्यालयले नयाँ रिक्सा दर्ता रोक्नुपर्ने, धनगढी उपमहानगरपालिकामा दर्ता भएका अटो मात्रै धनगढी बजारमा चल्न दिनुपर्ने र जोरबिजोर खारेज गर्नुपर्ने माग गरेका छन्।

कमेन्ट लोड गर्नुस