सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवा ३ लाख बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित भएको बताए। नयाँ आउने कोरोना भेरियन्टबाट बढीजसो बालबालिका जोखिममा रहेकाले मापदण्ड अनुसार नै जिल्लामा पनि खोप अभियान सञ्चालन गरिएको भट्टले बताए।

कमेन्ट लोड गर्नुस