कैलालीमा दास हत्या प्रकरणः गाउँपालिका बन्द, शव अस्पतालमै
कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बिहीबार गाउँपालिका बन्द गराएका छन्। हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन गर्दै गाउँपालिका बन्द गराएका हुन्।
कमेन्ट लोड गर्नुस