मेरो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी विकास बजेट आएको छ: पूर्वमन्त्री राना
पूर्वमन्त्री नारदमुनि रानाले आफू निर्वाचित भएपछि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा संघीय सरकारबाट सबैभन्दा बढी विकास बजेट आएको दाबी गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिका तथा कैलारी गाउँपालिकाका दुईवटा वडामा सडक निर्माण, विद्यालय भवन निर्माण तटबन्धन तथा सहरी विकासमा प्रदेशभरकै तुलनामा सबैभन्दा बढी बजेट आएको रानाले बताएका हुन्।
कमेन्ट लोड गर्नुस