सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट पारित

२०७५ असार १६, ०३:२२

प्रदेश ७ को सरकारले अगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेट पारित भएको छ। शनिबार बसेको प्रदेशसभा बैठकबाट अगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको २५ अर्ब बढिको बजेट पारित भएको हो। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट सर्वसम्मतीले पारित गरिएको हो । बजेट माथीको छलफलका क्रममा विरोध जनाउदै आएको प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले समेत बजेटको मौन समर्थन गरेको छ। त्यसअघि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट कार्यान्वयनका लागि विशेष संयन्त्र बनाएर अगाडी बढ्ने बताएका थिए। उनले बजेट कार्यान्वयनका सम्बन्धमा प्रतिपक्षी दलसँग भएको भद्र सहमती पालन गरिने बताए। विकास निर्माणका कुरामा सरकार प्रतिपक्षी दलसँग मिलेर अगाडी बढ्ने समेत उनले बताए । यस्तै शनिबारको प्रदेश सभा बैठकले आर्थिक ऐन सँग सम्बन्धीत आर्थिक विद्येयक २०७५ र विनीयोजन ऐनसँग सम्बन्धीत विनियोजन विद्येयक २०७५ पनि पारित भएको छ।  
  
 

कमेन्ट लोड गर्नुस