सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमिरले ‘महाभारत’ मा श्रीकृष्णको रोल नगर्ने

२०७४ चैत्र २८, ०१:४४

भारतको सबैभन्दा महान ग्रन्थ ’महाभारत’ मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा बलिउड सुपरस्टार आमिर खानले भगवान श्रीकृष्णको भूमिका निर्वाहा गर्न लागेको खबर यतिबेला खुब चर्चामा छ । आमिरले श्रीकृष्णको भूमिका निर्वाहा गर्न लागेको खबरप्रति विरोध गरेको पनि धेरथोर सुनिएको छ । 
यसैबीच, अब आमिरले आफ्नो तर्फबाट उक्त रोल निर्वाहा गर्न अस्वीकार गरेका छन् ।  

आमिरलाई लाग्छ कि हिन्दू म्याथोलोजी निकै जटिल छ । ‘महाभारत’ माथी बनाउन लागिएको वेब सीरीजमा काम गर्नका लागि अहिले उनी पुनर्विचार गरिरहेका छन् । 
आमिर ‘पद्मावत’ लाई लिएर भएको चर्को विवादका कारण यसबाट टाढै रहन चाहन्छन् ।

आमिर खान पहिला पनि असहिष्णुतामाथी दिएकोे एक अभिव्यक्तिका कारण ट्रोलर्सको निशाना बनिसकेका छन् । केही वर्ष पहिले आमिरले देशमा बढ्दै गएको असहिष्णुताका कारण देश छाड्ने अभिव्यक्ति दिएका थिए । 
जसका कारण उनी खुब आलोचित हुनु परेको थियो । अचेल आमिर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को छायांकनमा व्यस्त छन् । केही दिन अगाडि आमिरले रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर हजार करोडमा ‘महाभारत’ निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । 
फिल्मी खबर
 

कमेन्ट लोड गर्नुस